Skip to content

रानी नभन….


त्यो मुटुको धड्कनकी रानी नभन
नभन भो जिस्काएर सानी नभन

दुई आत्माको इजलासले पास नगरी
माया मेरि, मेरि जिन्दगानी नभन

बाटो छेक्ने अल्लारेको भर हुन्न रे
भर नदिइ मलाई मेरि नानी नभन

घरीघरी फर्किर’दा पक्कै पुरिन्छौ
पुरिए’सी मायाकी खानी नभन

दिलमा कोही भए दिदा जवाफमा
पहिले उस्ले मेरो हात तानी नभन

आयुबेनी
कोशी हरैचा न.पा.-15 मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *