
आखिर मिलनपछि बिछोड हुनु नै छ
नेताको झगडामा जनताले रूनु नै छ
दुई एकातिर तिहाइ अर्कोतिर
फाट्टिएर पनि नदीलाई बहनु नै छ
कार्यकर्ता अब न यता हो न उता
त्यैपनि नेताको गल्तीलाई धुनु नै छ
केही हुन्छ अब सुख पाइन्छ भन्थे
सत्ता मोह छोड्न अब सिकाउनु नै छ
सफा पनि हुन्छ तिम्रो हृदयको भित्र
पवित्र भावनालाई नेताले छुनु नै छ
( ६ र ७ अक्षरमा विश्राम )
– राकेश कार्की
मार्च १५, २०२१
लस एञ्जेलस
