Skip to content

तिमीसँग मागेको साथै हरायो

  • by


तिमीसँग मागेको साथै हरायो
सँगै नहुँदा रातै हरायो ।

भन के गर्‍यौ आज तिमीले यस्तो
कति सोध्न खोजेँ आँटै हरायो ।

हजारौँ थिए चाहनाभित्र मनमा
तिमीलाई भेट्ने बाटै हरायो ।

माया त्यसरी मार्‍यौ किन हो
सम्झेर आउने छाँटै हरायो ।

थुप्रै बने योजना जिन्दगीमा
पूरा नहुँदै नातै हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *