
उठौन हामी अब दाजु भाइ ।
जुटेर खेती गरनौ समाइ ।।
थिचेर जोते रहँदैन शेष ।
तिम्रो र मेरो मलिलो मधेश ।।१।।
खनौन आफैँ सुबिचार लाइ ।
उम्दा रसामा गुनिला फलाई ।।
बिभेद् बिनाको छ समान देश ।
तिम्रो र मेरो दरिलो मधेश ।।२।।
छ तेल खानी सुन बग्छ पानी ।
युवा उता गै नसकऔ ! जवानी ।।
बुढा र बच्चा घरमा छ शेष ।
तिम्रो र मेरो बझियो मधेश ।।३।।
कुटो चलाऔँ बसुधा गलाऊँ ।
अनाज रोपौ र बढी फलाऊँ ।।
पिसौन पीठो अति हुन्छ बेस ।
पकाउँ रोटी र बसौ ! मधेश ।।४।।
बसौ घरैमा पुगिने छ माथि ।
पराइ हाम्रो गनिदैन साथी ।।
गुँणी बनाऊँ गतिलो प्रदेश ।
सुरम्य पाखो मलिलो मधेश ।।५।।
नजाउ पारी छ त खेत बारी ।
पिता र माता बस लौ ! सह्यारी ।।
पराइ भन्दा रसिलो छ देश ।
तिम्रो र मेरो मलिलो मधेश ।।६।।
छन्द:– उपेन्द्रबज्रा
ISI SSI ISI S S
-हातिवने माइलो
लेखकको परिचय
वास्तविक नाम मेघराज पौड्याल
साहित्यिक नाम : हातिवने माइलो
ठेगाना : कञ्चनरुप न पा ७ आदर्शटोल सप्तरी
पूर्ब सरकारी कर्मचारी लेखापाल (ना सु)
हाल पेशा :– समाज सेबा
हालका पदहरु :–
उपाध्यक्ष, प्रगतिशील लेखक संघ, सप्तरी
सदस्य, नेपाल बुद्धिजीबी परिषद जिल्ला समिति सप्तरी
केन्द्रिय सदस्य, नेपाल अडिटर्स एशोसिएसन नेपाल
उपाध्यक्ष, पौड्याल बंश महासंघ
रुची :– छन्द साहित्य तथा अन्य साहित्यिक गतिबिधिहरु
