त्यो पीडा जब म तपाईदेखि अनुपस्थित हुदछु
म शंखा र स्वइच्छा को वाहनमा सवार हुदछु
र एउटा मरूभूमिको यात्रा गर्दछु, जहाँ पानी छैन
भौतारिन जहाँ ज्योति छैन
एउटा देशसम्म जहाँ जीवन छैन
कायाकल्प र अनुभूतिले अक्सर मेरो साथ दिदछ
र म यो यात्राको निम्ति कृतज्ञ बन्दछु
तर म तपाईंको शान्ति र आनन्द बिना धेरै थकित
र हराएको छु
म सम्हालिन्छु किनकि म जान्दछु
जब म आफ्ना पाहिला फेरि एक पटक घर तर्फ
फर्काउछु
तपाई मेरो प्रतिक्षामा हुनुहुनेछ
किनकि तपाईंले प्रतिज्ञा गर्नुभएको छ,
तपाईंले मलाई कहिले छोड्नु हुन्न त्याग्नु हुन्न
(तिमीहरूको जीवन रुपिया पैसाको मोहबाट अलग राख, तिमीहरूसँग
भएका कुरामा सन्तुष्टि बस, किनकि उहाले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन,
म तिमीहरूलाई त्याग्ने छैन l हिब्रु १३:५)
