Skip to content

हिजो राती शिव आएन


न चुरोटको फेद देखि
शिव-बुटीको अत्तर लागेको
फोक्सो पोल्ने मुस्लो उड्यो बेफ़िक्रिको
न जादुगर धुवा तानेर मगज हल्लाउदै
खुट्टा जमीनमा राखेर
गगनको भ्रमण गरियो
न गुडाउने झोल पिएर
दिनभरि मनलाइ कुदाउन सकियो
रित्तो सपनाको कहालिएको
चिल्लो सडकमा
तेसैले होला
हिजो राती शिव आएन

मैले कोलाहलमा शुन्यता भेटिन
एकान्तको भीडमा लोप हुन सकिन
ममा रिस थियो,पोखिदिएँ
ममता थियो, देखाइदिए
रसायनले शान्त गराइन
न मेरा दिन हासेर बिते
रात पनि रोएर कटेन
तेसैले होला
हिजो राती शिव आएन

न युवाको तातेको जोश देखाउन सके
न बाबाले पसिना बेचेर कमाएको
पैसा बाल्न सके
न आमाले तेल लाएर बलियो पारिदिएको
हात काटेर मायालुको नाम लेख्न सके
मातेर बाटोमा कराउदै
यस्तो पावन अवसरमा झ्याप नभई सुतेका
बेहोशहरुलाई जागाउन सकिन
पशुपतिका नाङ्गे बाबासंग
“विश्व शान्ति” माग्न सकिन
तेसैले होला
हिजो राती शिव आएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *