आदित्य ढकाल – क्यालिफोर्निया
२०१ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लस एञ्जलस क्यालिफोर्निया च्याप्टरले यही जुलाई १९, २०१४का दिन आर्टेशिया शहरमा साहित्यकार स्रष्टा एवं विभिन्न सामाजिक संघ संथाका समाजसेवीको उपस्थितिमा भानु जन्म जयन्ती समारोह विविध साहित्यिक गतिविधिमाझ सम्पन्न भयो ।
नेपाल सरकारको अवैतनिक बाणिज्यदुत ऋषि ढकालको प्रमुख आतिथ्य, गैर -आवासीय नेपाली संघका केन्द्रीय सदस्य राजेन्द्र सिवाकोटी साथै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष तृष्णा कुँवरको आतिथ्यमा सम्पन्न भएको उक्तकार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले गर्नुभएको थियो ।
गैर-आवासीय नेपाली संघ अमेरिकाका सह-सचिव दिल बहदुर श्रेष्ठ, सोही संथा अमेरिकाका बोर्ड अफ डाइरेक्टर बलराम थापा अनेसासका संस्थापक सदस्य वेदभक्त जोशी नेपाल अमेरिका एकता समाजका अध्यक्ष शारदा श्रेष्ठ, उपाध्यक्ष सूर्य प्रसाईं, समाजसेवी देवी बास्कोटा, निरकाजी गुरुङ,सुनिल गुरागाईं, सुमन कार्की, कृष्ण मिश्र, देवी मिश्र राम बाबु पाण्डे, बिनोद भेटवाल,विश्व सुबेदी, केदार पौडेल, रमेश श्रेष्ठ, सूर्य प्रकाश गौतम, युगेश कार्की, सिता प्रसाईं लगायत अन्य साहित्यिक अनुरागीहरूको उपस्थितिरहेको सो कार्यक्रममा नेपाली भाषा प्रति भानुभक्तको योगदान एवं कवि कवियत्रीहरूले आफ्नु रचना कविता, गजल, भानु-स्मृति कविताहरू पाठ गर्नुभएको थियो ।
च्याप्टरका सदस्य प्रकाशचन्द्र घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरूबाट भानुभक्त सम्बन्धी विषयमा आ- आफ्नु अवधारणा को मन्तव्य राख्नुभएको थियो ।
आदिकवि भानुभक्तको तस्विरमा माल्यार्पण साथै रामायण पाठ गरी शुरु गरिएको उक्त कार्यक्रममा साहित्यिक स्रष्टाहरू शान्तिराम ढकाल, डनबहादुर कार्की, बिष्णुप्रसाद पौडेल, ललित श्रेष्ठ, राम लामा, प्रेम गुरागाईं, प्रकाशचन्द्र घिमिरे, सोभित भेटवाल, तिलक कार्की, तुलसा कार्की, राकेशकुमार कार्की, कविता कार्की, शारदा श्रेष्ठ, मिलन लम्साल, राजेन्द्र सिवाकोटी, सुशीला पाण्डे, संगीता सिवाकोटीबाट श्लोक, कविता, मुक्तक, गजलहरू वाचन गरिएको थियो ।
कार्यक्रमको आतिथ्य श्रीडन कार्की तथा श्रीमती तुलसा कार्कीले गर्नुभएको थियो ।
