Skip to content


आफ्नो परुन् कि अरुको
अगाडि बढि भाषण छाट्ने रैछु
अंबल दर्जाको म राजनेता रैछु
दर्जनौ संघ सस्थाको
सक्रिय सदस्य म रैछु
जहाँ पुग्दैन रवि
त्यहा म पुग्ने रैछु
झुकेर नमस्कार गर्न सक्ने
बिचित्र खुबी ममा रैछ
प्रसँसाको लेख लेख्न खप्पिस
मैले दोसल्ला र पत्र पाको रैछु
भर्खर हुन्छ र भरे हुन्न भन्ने
खुबी मैले पाको रैछु
अरु ले केही गरे मलाई डाहा हुने रैछ
अगाडि पर्दा मिठो बोल्ने
पछाडि बाट छुरा धस्ने रैछु
गाउ शहर मा मेरै चर्चा रैछ
सपना भित्रै ब्युझिएर
आबद्ध सस्थाको सुची हेरे
एउटामा मेरो परिवार बाहेक
कोइ रैनछन
अर्को हेरे
स्थापनाको डन्का बाहेक
बाँकी काम सुन्य रैछ
अर्को पन्ना हेरे राजनीति को
भजन गाउने ठाउँ रैछ
न दर्ता न मिटिङ
तैपनी अधछ्य बनी
प्रमाण पत्र थाप्दै रैछु
अर्को हेरे
बिबाद नै बिबाद ले
तीन टुक्रा भैसकेको रैछ
मेरो लगानी र योगदान हेरे
हात मा लाग्यो सुन्य रैछ
आफुले आँफै लाई सोधे
गर्न नसक्ने र नगर्ने ले
उफ्रेर किन जहाँ पनि दौडनु ?
यत्तिकैमा ट्यार ट्यार
आलाराम घण्टी बज्यो
धत्तेरिका म त सपना पो रैछु
कुनै संघ सस्थाको सदस्य
नबनेर मैले आज
साच्चिकै शान्तिको
बाटो रोजेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *