आँट गर्दा पीडा पनि, लुक्ने कोशिस गर्दै थियो
शेष थियो छातीभित्र, दुख्ने कोशिस गर्दै थियो
छाती मिच्दै बिछ्यौनामा, घोप्टो परि रुदै थिए
दया गर्दै काल पनि, झुक्ने कोशिस गर्दै थियो
भिख माग्दै बिन्ती गरे, तिम्रो तस्वीर तेर्साएर
हेर्दै फोटो गर्जिएर, भुक्ने कोशिस गर्दै थियो
लाक्षी ! प्रेमीअकालमा, किन ? मर्छस भन्दै थियो
साक्षी तिम्रो तश्विरमा, थुक्ने कोशिस गर्दै थियो
अश्रु धारा बगाएर, तिम्रो तस्वीर धुदै थिए
नछो भन्दै हाम्रो माया, चुक्ने कोशिस गर्दै थियो
