Skip to content

नयाँ वर्षको शुभकामना

  • by


एका बिहानै एक हुल चराहरू
लाम लागेर उडिरहेका थिए
निष्फिक्रि
माथि आकाशमा र कावा खाइरहेका थिए
पूर्व क्षितिजबाट घाम चिहाइरहेको थियो
उज्यालोको संकेत गर्दै
कोठाको झयालबाट नियलिरहेको थिए
यी सुन्दर दृश्यहरू
मन भने भारी बनिरहेको थियो
लामो समयबाट समय मेरो
खिलाफमा म सगं लडाइँ खेलिरहेको थियो
मेरा प्रत्यक कदमहरूमा मेरा प्रत्यक पदचापहरूमा
फुलको साटो बिच्छायिरहेको थियो काडाहरू
सपनाहरू भताभुङ बन्दै थिए
यात्रा गन्तव्य बिहीन हुदै .थियो
जीवको प्रत्यक प्रहर
जित्न खोज आफ्नैमनको विश्वास
सजाउन खोजे परेलीहरूमा
एउटा सुन्दर फुलझै
तर त्यो सपना बनिदियो
विश्वासको खडेरीले मनले आफ्नो ठानेन
आँखाका भेलले बगायो सजाउन खोजेन्
आज खण्डहर भएको छ मन
आज धुजा धुजा भएको छ मन
आज थिचिएको छ पीडाले
आँखा भरिएको छ आशुले
र पनि यो बिहान
चराको यो लाम बद्ध उडानले केही संकत
गरिरहेको छ
आज त २०७१ को अन्तिम दिन
भोलिबाट यी सब पुराना बन्नेछन
भोलि नयावर्ष
आशुकै तालबाट
लरखराएको मेरो समयभन्दा तिम्रो
समय बलबान बनोस
तिम्रो मनले झेल्न नपरोस कुनै उल्झनहरू
साकारहुन तिम्रा सपनाहरू
पुरा हुन तिम्रा चाहनाहरू
नयाँ वर्षको शुभकामना तिमीलाई
नयाँ वर्षको शुभकामना तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *