Skip to content
LaxmanDhakal


यो कस्तो चाल चलाएर गयौ
पहिलो भेटमै मन जलाएर गयौ

जाँदु रहेछ क्यारे तिम्रो बोलीमा,
मुटुमा पिरतीको आगो बलाएर गयौ

नसालु ती आँखाका हेराइले होला
कठोर यो मेरो मुटु गलाएर गयौ

थाहा छैन के दिन्छ्यौ प्रतिउत्तरमा,
यो दिलमा मायाको फल फलाएर गयौ

परि जस्तै बनी तिमी आएपछि
मलाई पागलप्रेमी बनाएर गयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *