
जानकी मन्दिर धरहरालाई झार्यौ दैव किन
सपना जति किनार लगाई टार्यौ दैव किन”
स्वतन्त्र भैई जिन्दगानी काट्छु भन्नेलाई
आँसु आँसुकै तालमा आज पार्यौ दैव किन
ह्जारौको सपनालाई बिल्लीबाँस पारेर
रत्नपार्कमा जिन्दगीलाई सार्यौ दैव किन
मुटुमाथि ढुङ्गा राखी जिन्दगी यो जिउँदा
माछीलाई झैं तेलमा फेरि खार्यौ दैव किन”
सुस्त सुस्त पालुवाहरू बढ्दैगर्दा जिन्दगीको
धर्तीभित्रै भसाएर मार्यौ दैव किन
डिल्ली प्रसाद खराल “घायल*
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

यो दुखद घडीमा सम्पूर्ण
यो दुखद घडीमा सम्पूर्ण मृतकहरूको आत्माको चीर शान्तिको कामनासहित परिवार र मित्रजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना !
दिबाङ्गत आत्मको
दिबाङ्गत आत्मको चीर शान्तिको लागि भगवान सँग प्रार्थना गर्दछु, साथै शोकाकुल परिवार प्रती हार्दिक समबेदना,
डिल्लीजी
तपाईं आफ्नो फोटो किन
डिल्लीजी
तपाईं आफ्नो फोटो किन मेटिरहनुहुन्छ ?
नमस्कार सर
मैले तेस्तो केहि गरेको छैन तर मेरो फोटोभने आफै क्राश भको छ किर्पया यस्तो हुनुको कारण केहो बताई दिनुहुन्छ कि,
डिल्लीप्रसाद भाइ कवितामा
डिल्लीप्रसाद भाइ कवितामा भावना ता सारै राम्रो लाग्याे । सम्वेदित याे अवस्थामा कविहरुका मनमा चाेट लाग्नु स्वाभाविकै हाे । तर लेखनमा भने भाइले धेरै गल्ती गरेकाे देखियाे । यति साराे भाषाकाे हुर्मत लिनु हुनन् भन्ने मेराे विचार छ । अावश्यक सल्लाह चाहिए मसँग मेरो इमेलमा सम्पर्क गरे हुन्छ ।
नमस्कार
has