कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ
उपकार गर्दा पनि परिवार हेरेन भन्छन्
उपकार गर्दा पनि पाप पखाल्यो भन्छन्
कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ
उपकार गर्दा पनि राजनीति गर्यो भन्छन्
उपकार गर्दा पनि खर्च गर्यो भन्छन्
कत्ति सहनु पीडा उपकार गर्दा पनि
दियोले जलेरै त उज्यालो दिन्छ
२०७२ बैसाख २७ आइतबार
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
