Skip to content

यो सपनीको रात थियो


छामछुम गरे सिरानीमा आँशु मात्र हात लाग्यो
सोधपुछ गरे छिमेकीमा उल्टै मलाई बात लाग्यो

मुटु फुट्दा सानो टुक्रा चुडिएर गएको थियो
रोक्दै थिए चिच्चाएर हास्दै ऊसको साथ लाग्यो

सुन्नेहरू सुनिरहे रोदनका आवाजहरू
खुच्चिङ्ग गर्दै हेर्ने भीडको झिस्मिसेमा तात लाग्यो

रगतको आहालमा अचेत भई सुन्दै थिए
भन्दै थिए भीडबाट ‘यस्लाई प्रेमको मात लाग्यो’

होस खुल्दा एक्लै थिए पसिनाको भल थियो
आफ्नै मनले भन्दै थियो यो सपनीको रात थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *