Skip to content


स्वतन्त्र र आनन्ददायि ठाउँ मातृभूमि
मानिसहरू छन् है माया, इमानका धनी।

नाम नेपाल, ठाउँ स्वच्छ, शान्त अनि बिशाल
बाँडिएको छ तीन भागमा तराई, पहाड, हिमाल।

बहु जाति भाषाभाषी संस्कृतिमा धनी
प्यारो मान्छु मातृभूमि प्राणैभन्दा पनि।

जलस्रोतको धनी दोश्रो भनि चिन्छौँ हामी
प्राणै त्याग्न तयार हुन्छु हे, जननी जन्मभूमी।

टुक्रा-टुक्रा नभइ खोजौँ एकताको बल
बन्धु-बान्धव हौँ हामी नेपाली सकल।

छन् यहाँ इतिहासका प्रकार सयौँ-सयौँ
तर साथी, अहिलेलाई यति मात्र जानौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *