अँधेरी रातमा यसरी इन्क्लाब आयो
हरायो भनेको चिठीको जबाफ आयो
दिनु मात्र हो भनेको लिनु पनि रहेछ
बिर्सेर बसेको पुरानो हिसाब आयो
बल्ल त्यो आकाश अलिकति निहुरेछ
भन्नुपर्ला र यो कहाँको दबाब आयो
घाम झुल्कन त रात नढली हुँदैन
कसैका लागि यो नतिजा खराब आयो
दुनियाँले अब धोका सायदै ‘बूँद’ खाला
यसरी उघ्रिएर उनको नकाब आयो
‘रातो मलाई प्यारो’ गजलसंग्रहबाट
