Skip to content

मन दिने, तन दिने, माया दिने


मन दिने, तन दिने, माया दिने दुइचार छन् !
घुर्क्याउने, फुर्क्याउने, फकाउने हजार छन् !

प्रेमीहरूको बजार छ, हुलमा मोलामोल छ !
किन्नेहरू थोरै, बरु बेच्ने मारामार छन् !

सधैँ कुरा अरुकै मात्र, आफैँ बिक्री भएको
देख्छन् तर लेख्दैनन्, कस्ता पत्रकार छन् !

छामोस मन, छामोस मुटु, मूल्य गरोस् अरुलेनै
आफ्नै मूल्य गर्ने त खोज सारा संसार छन् !

www.actorgopal.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *