किन यति पढें आमा? गाउँमा नअट्ने गरी,
चाहेर नि तिमीलाई, बर्षौं नभेट्ने गरी,
बसाइ छ धेरै टाढा, मन तिम्रै वरिपरि,
कस्ती छौ हे मेरी आमा, सोधु मात्रै कसो गरी?
घाँसका ती भारीभित्र, दिन चर्या बिताउदै,
गाई भैंसी मेला पात, घर धन्दा मिलाउदै,
कती सम्झी रहिहौली, परदेशका छोरा छोरी,
धन्य छौ हे मेरी आमा, गुनासो पोख्दिनौ फेरि।
कैले आउने प्रश्न तिम्रो, मलाई नै थाहा छैन,
आउने ठेगान न भए नि, धेरै बस्ने चाह छैन,
भोलि के हो थाह छैन, बर्तमान चलिराछ,
खै यस्तै यी तरंगमा, जिन्दगी यो बगिरा’छ।
साथी भाई रमाइलो, बिहे भोजहरू पनि,
मात्र बाँकी अतीतका, पानाभित्र गनी गनी,
सधैं सधैं समय कै, तालभित्र चलिरा’छु,
तिम्रो स्नेह दुरतामा, भित्र भित्रै गलिराछु।
पैसा भन्दा पनि ठुलो, जन्माउने जननी हो,
यशभन्दा पनि ठुलो, सेवा मातृभूमिको हो,
तै पनि हे र न आमा, अझै एतै बसिरा’छु,
फर्किएर गाउँ मा त्यो, गरु के पो सोचिरा’छु।
तन यता भए पनि, मन तिम्रै वरिपरि,
यही हो त अर्थ मेरो? प्रश्न सोध्छु घरिघरि
गर्नु पर्ने काम के हो? सन्तोष त्यो कता गयो,
मन उता तन यता, के यस्तो जिन्दगी भयो?

आहा कति मिठो भाव
कति सुन्दर
आहा कति मिठो भाव
कति सुन्दर प्रस्तुति
कविता भरी भरी मैले आमाको मुहार देखिरहें
कैले आउने प्रश्न तिम्रो ,मलाई नै थाहा छैन ,
आउने ठेगान न भए नि, धेरै बस्ने चाह छैन ,
लयमा निकै राम्रो कविता लेख्नु हुन्छ
तपाईको कलम लाइ धेरै शुभ कामना छ ।
मेरो ब्लगमा पनि तपाईको कमेन्ट देखे -धन्यवाद
यो अपडेट गर्न नपाएकोले एकदम रफ छ
धेरै कुरा मिलाउनु पाएको छैन
माया सुझाव र गालीहरु पाइरहूँ ।
कृष्ण थापा
किन यति पढे आमा? गाउमा नअट्ने
किन यति पढे आमा? गाउमा नअट्ने गरी,
चाहेर नि तिमीलाई, बर्षौं नभेट्ने गरी,
बसाइ छ धेरै टाढा ,मन तिम्रै वरिपरि ,
कस्ती छौ हे मेरी आमा, सोधु मात्रै कसो गरी?…simply great
Very nice poem. You made me
Very nice poem. You made me cry.
पैसा भन्दा पनि ठुलो, जन्माउने
पैसा भन्दा पनि ठुलो, जन्माउने जननी हो,
एश भन्दा पनि ठुलो, सेवा मात्री भूमिको हो,
तै पनि हे र न आमा, अझै एतै बसि रा छु,
फर्किएर गाउ मा त्यो ,गरु के पो सोचिराछु।
realy nice