Skip to content

ताप्लेजुङ्लाई घाउ लाग्दा


ताप्लेजुङ्लाई घाउ लाग्दा दार्चुलालाई दुख्नु पर्छ
खहरे ती आँसु सबै देशबाटै सुक्नु पर्छ ।

चितवनको चेतनाले माटो रम्छ यहाँ भने
फाटो ल्याउने बैरीलाई सबै मिली थुक्नु पर्छ ।
कर्म गर्ने अबल विचार जो सुकैका हुन् त
झापा अनि कञ्चनपुर त दुवै उठ्नु पर्छ ।

ताप्लेजुङ्लाई घाउ लाग्दा दार्चुलालाई दुःख्नु पर्छ
नयाँ नेपाल बनाउँनलाई तीन करोड जुट्नु पर्छ ।
कान्तिपुरको लोली अब देशैभरि पुग्नु पर्छ
सगरमाथा उचालेर अँझै माथि उठ्नु पर्छ ।

ताप्लेजुङ्लाई घाउ लाग्दा दार्चुलालाई दुःख्नु पर्छ
खहरे ती आँसु सबै देशबाटै सुक्नु पर्छ ।

(रचनाः २०६५ चैत १५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *