Skip to content

मुटुमाथि ढुंगा राखी”


मुटुमाथि ढुंगा राखी बाँच्नै प्रर्ने कस्तो जीवन
परेलीमै आँशु रोकी हाँस्नै प्रर्ने कस्तो जीवन,

हिँड्दा हिड्दै गोरेटो यो टुङ्गिए झैँ लाग्दा पनि
जिन्दगीको रंगमंच नाच्नै पर्ने कस्तो जीवन

अनगिन्ती सपनाहरू हृर्‍दय भित्रै संगालेर
खातै खात चाहनालाई मास्नै पर्ने कस्तो जीवन

गोधुलिको त्यो साँझसँगै डुब्दै गर्दा जिन्दगी यो
दु:खको त्यो सागर भित्र भास्नै पर्ने कस्तो जीवन

हजारौं को भीडबाट हेर्दै आफ्नो जिन्दगीलाई
निष्ठुरिसँग आत्मीय नाता गाँस्नै पर्ने कस्तो जीवन

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *