Skip to content

आज हाकिम दिक्क थियो। तैपनि घर छिर्ने बित्तिकै उसले श्रीमतीलाई एक पेग स्कच ह्विस्की र सुकुटीको सित्तन तयार गर्ने अर्डर गर्यो। श्रीमतीले पनि तुरुन्तै तयार गरीदिई। तर उसकी श्रीमतीलाई अचम्म लाग्यो किन कि आज हाकिम दिक्क थियो र पहिलोपल्ट घर आउने बित्तिकै रक्सी पिउन चाहेको थियो। कुरालाई मनमा गुम्साउनु उपयुक्त नहुने ठानेर उसले सोधी हाली। हाकिम पनि आफ्नी श्रीमतीलाई कुनै कुरा लुकाउदैन।

कुरा के रहेछ त भन्दा उसको अफिसमा एक पद बढुवाको लागी खुलेको रहेछ। तर बढुवा गर्नुपर्ने लिष्टमा ५ जनाको लागी दवाव आएको रहेछ। एउटाको लागी सत्ताधारी पार्टीको मूख्य नेताको ज्वाईको तर्फवाट, दोश्रोको लागी एउटा प्रभावशाली मन्त्रीको सालोको तर्फवाट, तेश्रोको लागी विपक्षी दलको नेताको तर्फवाट सिधै, चौथोको लागी तालुकवाला मन्त्रालयको सचिवको तर्फवाट, पाँचौको लागी सत्ताधारी राजनैतिक पार्टीमूखी कर्मचारी युनियनको नेताको तर्फवाट। पाँचै ठाँउवाट यसरी दवाव आएछ कि उनीहरुको काम नभए हाकिमको बाहिर जिल्लामा सरुवा वा सिधै खोसुवा पनि हुन सक्ने चेतावनी आएको रहेछ। सबै कुरा सुनिसकेपछि श्रीमतीलाई हाकिमप्रति माया लाग्यो र उसले अरु पेग पनि थपिदिई अनि सान्त्वना दिदै भनि ईमान्दार मान्छेलाई काम गर्न साह्रो गाह्रो

यत्तिकैमा फोन आयो। फोन हाकिमले नै उठायो। फोनमा कुरा गर्दा गर्दै हाकिमको भर्खरै पिएको रक्सीको नसा स्वाट्ठै हरायो। हाकिमले फोन राख्ने बित्तिकै पसिना पुछ्यो। श्रीमतीको जिज्ञासा मेटाउदै भन्यो त्यही चण्डाल जडयाहा नेता। उसको मान्छे जसरी भएपनि बढुवा हुनुपर्छ रे नत्र मेरो बढुवालाई नै घटुवा गरेर दुर्गममा सरुवा गरिदिन्छु पो भन्छ।

यतिखेर भने श्रीमतीचाहीलाई नराम्ररी रीस उठ्यो। उसले रीसको झोकमा सत्तो सराप गरी। त्यो बजियाले हजुरलाई एकपटक प्रमोशन हुन सहयोग गर्यो भन्दैमा जीन्दगीभर त्यसकै गुलाम बन्नु पर्ने यो कस्तो बिडम्बना। प्रमोशन पनि त त्यसै भा को होईन बजियाले त्यत्रो पैशा पनि लिएको थियो। दशैको बेला भनेर दूईवटा घोर्ले खसी पनि उसैले खाएको थियो। अरुले लेराएको माछा, चामल, रक्सीका बाकस पनि त उसैलाई चढाउनु परेको थियो।
हाकिमले निधार खुमच्यायो।

2 thoughts on “परम्परा”

  1. सकु थापा

    वास्तवमा कर्मचारी नै खराव,
    वास्तवमा कर्मचारी नै खराव, यसरी बाध्य पार्ने नेता भन्दापनि कर्मचारीनै हुन । अव त यस्तो भइसक्या कर्मचारीले आफ्नो अस्तित्व जोगाउन पनि नसक्ने वातावरण नै भइसक्यो । हगिसकेपछि दैलो देखेर के भयो र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *