Skip to content


विरहको भाका रट्ने न्याउली त रोयो- रोयो
पिरतीको मुस्कान छर्ने चखेवा नि धेरै रोयो ।
वसन्तको मुनालाई नि शिशिरको शीतले छोयो
उजाड मन यो बनाउने मन रैछ तिम्रो त्यो ।।

समर्पणमा तिम्रो लागि वदन सारा झुक्न पुग्यो
स्पन्दनको वेगले मुटु पनि दुख्न पुग्यो ।
जलिरह्‌यो मनै सारा परेली नि रुझ्न पुग्यो
अधरको मलिन पीडा अनन्तमा डुब्न पुग्यो ।।

सीमन्त त्यो रंगिए नि वचन तिम्रो गल्न पुग्यो
शिखर चुम्ने सपना मेरो फेदिबाटै ढल्न पुग्यो ।
कान्ति छर्ने सुनको डोली चढ्ने तिम्रो रहर पुग्यो
पुर्‍याइ चिता माथि अाजित जिउँदो लास यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *