Skip to content
YogyaBasnet


एकान्तमा टोलाउँदा मन डुलाउने तिमी भेटें
छहारी झैं शितल दिने हज्जारौंमा एक्ली देखें ।
झरना जस्तै प्यास मेटाउने चाँदनी कै रुप भेटें
अविरल यो यात्रामा साथ दिने एउटी देखें ।।

कोइली झैं मधुर आवाज सुगन्धकी खानी
नजर जुधाई ओठ टोक्ने नसालु छ बानी ।
रातो टीका, छमछम पाउजु हातमा चुरा पनि
अप्सरा झै सजिएकी मेरी मनकी रानी ।।

संगीतको धुन हौ, सोहृ शृङ्गार तिमी
सपनीमा राज गर्ने राजकुमारी बनी ।
पूर्णिमाको जून जस्तै मुस्कुराउने तिमी
सोची– सम्झी रचि दिए ईश्वरले पनि ।।

मन– मन्दिरमा सजाउन तिम्रै तस्विर मनमा राखें
मनको दियो जलाउँदै तिमीसँगै प्रीति साटें ।
मन मनै मनले देवी– देवता सबै भाकें
मेरी प्रिया तिमीसँग अजम्बरी नाता गाँसें ।।

2014-10-16 01:46:52 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *