अचेल तिम्रो मायाँको प्यासी भको छु
तिमी बिना साँच्चै उदाशी भको छु
तिम्लाई नै खोजि रहन्छ नयनले
सधैं सधैं सोधी रहन्छ धड्कनले
कहिँ कतै नभेट्दा निरासी भको छु
तिमी बिना साँच्चै उदाशी भको छु
टोलाई रहन्छु तिमी टाढा गए पछि
लोलाई रहन्छु जब जुन उदाए पछि
सुन्सान एकान्तको प्रियसी भको छु
तिमी बिना साँच्चै उदाशी भको छु
अचेल तिम्रो मायाँको प्यासी भको छु
तिमी बिना साँच्चै उदाशी भको छु
