अक्टोबर २२, २०१४ ।
अमेरिका, लसएन्जेलस, अक्तोबर २२/ गत आइतबार लसएन्जेलसबासी नेपालीहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गर्दै उनले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन। देबकोटाको १०६औ जन्म जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जेलस च्याप्टरले सो कार्यक्रम गरेको हो।आउँदै गरेको नेपालीहरूको महान चाड तिहारको उपलक्ष्यमा सो कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो।
सस्थाको अध्यक्ष शान्तिराम ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाणिज्य दुत ॠषि ढकाल, एनआरएन आइसिसीका सदस्य राजेन्द्र शिवाकोटी, जनसम्पर्क समितिका महासचिव गंगा बस्नेत, नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष सूर्य प्रसाई, वौद्धिक संसारका अध्यक्ष बलराम थापा, श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा, नेवा अर्गनाइजेशन साउथन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिल श्रेष्ठ, एनआरएन अमेरिकाका सह सचिव दिल बहादुर श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका लसएन्जेलस आवासीय प्रतिनीधि एक राज पाण्डे, अमेरिका नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राम लामा, एनआरएन अमेरिकाको महिला संयोजक उमा कार्की थापा, साहित्यकार चुडा वसन्त, चलचित्र निर्देशक हिमग्याप लामा, पत्रकारहरू पुर्षोत्तम ढकाल एब तृष्णा कुवंर र पर्वतारोही सुष्मिता मास्के लगाएतको उपस्थितिरहेको थियो।
कार्यक्रमको शुरुमा जन कवि केशरी धर्मराज थापाको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।
सो कार्यक्रममा संस्थाका उपाध्यक्ष डन बहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए त्यस्तै सल्लाहकार राम लामाले संस्थाको बारेमा बोलेका थिए भने विष्णु पौडेलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा बाणिज्य दुत ॠषि ढकाल, राजेन्द्र शिवाकोटी, दिल बहदुर श्रेष्ठ, बलराम थापा, भक्त थापा, र सूर्य प्रसाईंले आ आफ्नो संस्थाको तर्फबाट नेपाली समुदायलाई २०७१ सालको तिहारको शुभकामान व्यक्त गरेका थिए ।
सस्थाको महासचिव तिलक कार्कीले संचालन गरेको सो साहित्यिक एब शुभकामना आदानप्रदान कार्यक्रममा राम लामा, डनबहादुर कार्की, झमक निरौला, चुडा वशन्त लम्साल, विमल ज्ञावली, पुरुषोतम ढकाल, ललित श्रेष्ठ, गंगा बस्नेत, प्रेम गुरागाईं, सुशीला पाण्डे र सोभित भेटवालले आफ्नो आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा कला तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका रचनाकार प्रेम गुरागाईं, चलचित्र निर्देशकहरू दिल बहादुर श्रेष्ठ र हिमग्याप लामा, नृत्य निर्देशिका बिन्दु तामांग एब पर्वतारोही सुस्मिता मास्केलाई सम्मान-पत्र प्रदान गरिएको महासचिव कार्कीले बताए।
