Skip to content

फरक ः तिमी र म ………


म वेचिएँ तिम्रो प्रेमको नगरमा,
जुवाको दाउमा, कवाडीको भाउमा,,
मेरा रहरहरु वेचिए, चाहानाहरु वेचिए,,
तिमीलाई माया गर्ने, वाहानाहरु वेचिए,,
बेचिए मैले तोडेका आदर्शहरु,
जो वर्षौ पहिले शहिद भएका थिए,,
बेचिए तिम्ले जोडेका स्पर्शहरु,
जो वर्षौ पहिले कैद भएका थिए,,
यी धमिनीहरुभित्र, शिराहरुभित्र,,
मुटुका प्रत्येक चिराहरुभित्र……………..।।।

तर अपसोस,,
तिमीलाई कसैले किन्न सकेन,,
हिजोकी मालती आजकी म्यारी भएपछि,
राजा महाराजाकी तिमी प्यारी भएपछि,,
केही नहुनेहरु थुक निलेर चित्त बुझाए,
अलिकति हुनेहरु तस्विर किनेर चित्त बुझाए,,
तर अहँ,,
तिमीलाई कसैले किन्न सकेन,
तिमीलाई कसैले चिन्न सकेन,,
यी भोका प्यासीहरुको वस्तीमा,
नाङ्गा सन्यासीहरुको वस्तीमा,,
तिमीलाई कसैले किन्न सकेन,
एक सय एक तिम्रा दासीहरुको वस्तीमा
एक सय एक तिम्रा दासीहरुको वस्तीमा………………।।।।।।।।।।।।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *