छुद्र छिमेकी
—————
छिमेकी छुद्र भए पछि
बाच्नै पो गारो भो
जीवन यो लुटिदियो
सास फेर्ने सारो भो
आवेश पोखिदियो घर घरमै
टाल्नै पो बित्याँस भो
छिमेकी छुद्र भए पछि
हाँस्ने पो गारो भो
पानि और जवानी
वाणी त्यो नकचरो भो
आँखा लोभी मन पापी
छेक्ने पो गारो भो
तेल कुवा बन्द छन्
उधिन्न पो अप्ठेरो भो
छिमेकी छुद्र भए पछि
खोक्न पनि गारो भो
डाडु पून्यु चलाउनेको
विचार चैं कप्टेरो भो
बिखण्डनको खाल्डोमा
बन संग्लो पो घनघोर भो
कुर्सि थाम्ने पापीको
प्रभु भक्ती त्यो हजार भो
छिमेकी छुद्र भए पछि
नाच्न पनि गारो भो
ऋषि मनहरु मुखमा
डढेर भित्र कालो भो
रुप धारी गेरुको
जानकीको अपहरण भो
रावणले सतित्व छोएन
गेरु बाट बलत्कार भो
छिमेकी छुद्र भए पछि
बाँच्न पनि गारो भो
=================
srdhakal
