Skip to content

के लेखेको भनन औंलाले ढाडमा


सोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा
के लेखेको भनन औंलाले ढाडमा

मञ्जुर थियो मायाको यो तरीका पनि
खेद बस् यसो गर्‍यौ अर्कैको आडमा

मेरो बिराम यत्ति मेरो हात छुट्यो
भीडमा चलेको तछाडमछाडमा

रोटीको टुक्रो होस् या चिरा मुटुको
आकार सानो भए के पुग्छ बाँडफाँडमा

कराए रोजिने भो हराए खोजिने भो
सामेल हुनु पर्ने भो कुनै भींडभाडमा

1 thought on “के लेखेको भनन औंलाले ढाडमा”

  1. ”सोध्दै थिएँ पुगुन्जेल छुरा
    ”सोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा
    के लेखेको भनन औंलाले ढाडमा”

    यस्को शब्द भाव साच्चिकै अतुलनिय छ। कोही हुदो हो त्यस्तो जस्ले आफ्नो मान्छेलाई सेकेको बहाना गरी पोल्दै गरेको होस। धन्यवाद kbs यो अमूल्य गजलको लागि!

Leave a Reply to आश्मा Cancel reply

Your email address will not be published. Required fields are marked *