आज भा छु बेहाल समुन्द्रको छाल झैँ
भोजन पछि उसैमा थुकिएको थाल झैँ
संघर्समै मर्यो आसा रहर पलाएन
अवस्था भो खडेरिले सुकाएको ताल झैँ
आधार सबै हराउदा फुटेको त्यो छाती छाम्दै
बिना बारुद तेर्साइएको बन्दुकको नाल झै
षड्यन्त्रको जालो भित्र फसाएर आज
फेदैबाट काटिएर सुकेको त्यो झाल झैँ
उज्वल तारा
हाल यु.ए.इ.