Skip to content

आज भा छु बेहाल

आज भा छु बेहाल समुन्द्रको छाल झैँ
भोजन पछि उसैमा थुकिएको थाल झैँ

संघर्समै मर्यो आसा रहर पलाएन
अवस्था भो खडेरिले सुकाएको ताल झैँ

आधार सबै हराउदा फुटेको त्यो छाती छाम्दै
बिना बारुद तेर्साइएको बन्दुकको नाल झै

षड्यन्त्रको जालो भित्र फसाएर आज
फेदैबाट काटिएर सुकेको त्यो झाल झैँ

उज्वल तारा
हाल यु.ए.इ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *