Skip to content

बबाल हुनेछ


जब सडकमा तिम्रो चाल हुनेछ
तिमीलाई हेर्नेको सञ्जाल हुनेछ

ननिस्किनु यसरी खुलेआम बाहिर
देख्नेहरूबीच पक्कै बबाल हुनेछ

छोयौ दया देखाई गरिबलाई तिमीले
हेर्नु, भोलि त्यो मालामाल हुनेछ

मलाई भेट्दा पनि एकान्तमा भेट्नु
नत्र बाटोमा आगोको मसाल हुनेछ

जुन दिन मैले उठाउनेछु तिमीलाई
कस्सम सारा संसार कंगाल हुनेछ

©विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७२-०३-०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *