माटो सुम्पे, पानी बेचे, जन घातीले
शरणार्थी, बन्नुपर्छ, मेरा नातिले
धमिराले खाइसके आदिम सीमा,
त्यही सीमा टाँस्न खोज्छ मेरा छातीले
मोर्चा कसौँ, अघि बढौँ, क्रान्ति पथमा,
आडम्बरी पाउलाई कुल्चौँ ताँतीले
जल्छ मुटु, झर्छ आँशु, जब आक्रोसको ?
खोज्यो लाग्छ उज्यालो, काल रातीले
जङग योञ्जन तामाङ
आङना–५, पाँचथर
