Skip to content

भारतीय नाकाबन्दी अवसर र चुनौती

भारत आफ्नो स्वार्थ मात्रै हेर्छ , नेपालको स्वार्थलाई कहिल्यै हेरेन । भारतको २ प्रतिशत ब्यापार मात्रै नेपालको ८० प्रतिशत ब्यापार बराबर छ र यत्ति नै ब्यापारमा नेपाल भारतमा मात्रै निर्भर छ । ४५ साल र त्यो भन्दा पहिले पनि पटक–पटक नेपालभन्दा २३ गुणा ठूलो भारतले नेपाललाई नाकाबन्दीले धेरै धेरै कष्ट दिएको थियो तर पनि नचेतेकोले गर्दा आज देशले यो दुरावस्था झेल्नु पर्यो । नेपालका नेताहरु भारतले यस्तो अवस्था गर्ला भनेर पहिले–पहिले भारतको चम्चागिरी गर्ने गथ्र्यो र अझ भारतीय र सँग हाम्रो पार्टीको राम्रो सम्बन्ध छ त्यसैले हामीले सरकार चलाउँदा देशलाई फाइदा पुग्छ भनेर हाम्रो देशका सबै पार्टीहरुले यस्तो दाबी गर्थे । अब परिस्थिति बदलिएको छ सबै नेताहरु भारतबाहेकका विकल्पका बारेमा कुरा गर्दैछन् । पारवहनका लागि समुन्द्री नाका नेपालले निशुःल्क पाउनु पर्ने नैसर्गिक अधिकार हो जुन नेपालले अहिलेसम्म प्राप्त गर्न सकेको छैन । नाका यस मामिलामा खुट्टा नकमाउनका लागि सम्पूर्ण नेपाली जनता पहिलेजस्तो कुनै पार्टीमा विभाजित नभै राष्ट्रिय स्वार्थमा एकताबद्ध छन् । तरै पनि हाम्रा प्रधानमन्त्री के पी ओलीजीले संयुक्त राष्ट्र संघमा भारतले नाकाबन्दी गरेको खुलाउन प्रष्टसँग भारतको नाम किटान गर्न अझै पनि खुट्टा कमाएको अवस्था छ उसले गर्दा त्यही कुरालाई भारतको नाम किटान नगरी संयुक्त राष्ट्र संघले नाकाबन्दी खुलाउन गरिएको आग्रह झनै नौटङ्कीपूर्ण छ । यसले भारतलाई झन हौस्याएको छ , उसले गर्दा नेपालमा संबिधान आएको भनाउन चाहन्थ्यो । एकजना नेपालका लागि भारतको राजदूत जुन भारतको ५,००० उच्च तहभन्दा सानो व्यक्तिले नेपालमा संबिधान केही दिनपछि लागू गर्न गरेको आग्रह नमानी संबिधान जारी गर्दा भारतले नेपाललाई लक्षित गरी यसरी आज दुई महिनाभन्दा बढी नाकाबन्दी भइसक्यो । अबदेखि नेपालमा कुनै नीतिहरु तर्जुमा गर्दा भारतको कुनै किसिमको दबाब हुनु हुँदैन । हाम्रो आन्तरिक मामिला हामी आफै सुल्झाउनु सक्नुपर्छ । अहिले सम्मका नेपालका सबै प्रधानमन्त्रीहरु बीपिदेखि लिएर नेपालका राजाहरु भारतसामु पटक–पटक झुकेका थिए र आफ्नो देशका लागि अफूले फैसला गर्न सकेका थिएनन् । बरु हिजो मोदी बेलायत भ्रमणमा जाँदा बेलायतका नेपालीहरुले प्लेकार्ड सहित स्पष्ट रुपमा भारतलाई नाकाबन्दी हटाऊ भनी ज्ञापन पत्र समेत बुझाए । चाइनाका बाटाहरुका ढुङ्गाहरु अहिले किन अवरोध भए ? पहिले किन यी अवरोध पञ्छाउन नदिई भारतले किन राजनीति गरी एकाधिकार गर्यो ? नेपालले चाइनासँग मात्र होइन आफूलाई पायक पर्ने सबै देशसँग सम्बन्ध खुल्ला गर्ने आँट गर्न सक्नुपर्छ ।

नालापानी युद्धमा आफ्नो स्वाभिमान कायम गर्न सक्ने नेपाली हौँ हामी । यो एउटा अवसर पनि हो । हामी कति पानीमा र्छाैँ आजको दुर्दशाले यही अवस्था झल्काउँछ । हाम्रो लागि यो आफ्नो खुट्टामा आफै उभिने एउटा राम्रो अवसर हो । नेपालले आजैबाट आफ्नो खुट्टामा उभिने कार्य शुरु गर्न सक्नुपर्छ । नेपालमा उत्तरतिर पूरै हिमशृङ्खलाहरु छन् जसलाई विश्वस्तरिय ट्रेकिङका लागि उपयोग गर्नुपर्छ । हिमाली, पहाडी जडिबुटीहरु प्रशस्त छन् त्यसलाई आफैले उत्पादन गर्नुपर्छ । हिमालमा स्याउ, आलु आदि प्रशस्त फल्ने फलफूल, अन्न, तरकारी आदिलाई यथाशिघ्र बजारमा पुर्याउन सक्नुपर्छ । तराईका तीन वाली गर्न मिल्ने औल प्रकारका जमिनबाट गुणस्तरिय खेती गर्नुपर्छ । नेपालको हावापानी न धेरै गर्मी न धेरै जाडो छ यसले गर्दा जहाँ पनि मानो रोपी मुरी फलाउन सम्भव छ यसका लागि सबैतिर प्रचार–प्रसार गर्नु पर्छ । बुद्धको जन्मभूमि , विश्वको चुचुरो सगरमाथा तथा अनेकौँ मठ मन्दिर , देवालययुक्त विश्वसम्पदाहरु छन् यस्तो विरलै देशमा मात्रै हुन्छन् । त्यस्तै हामी जलश्रोतको दोस्रो धनी देश हौँ , यसबाट प्रचुर विद्युत निकाल्न सक्नुपर्छ ,। नेपालका नदीहरुमा ढल तथा फोहोर फ्याल्ने काम नगरी उक्त फोहरहरुबाट वायोग्यास, प्लाष्टिकहरु पुनः प्रयोग तथा कम्पोष्ट मलहरु बनाउन सकिन्छ । नेपालका यी माथिका सबै कुराहरु सदुपयोग गर्ने हो भने म दाबी गर्छु नेपालको बेरोजगार समस्या आफै समाधान हुन्छ र नेपालीहरुले विदेशमा श्रम बेच्नुपर्दैन बरु यहाँ भारतीयहरुले मात्र होइन कि अरु विदेशीहरुले पनि यहीँ रोजगारी प्राप्त गर्न सक्षम हुन्छन् ।

२०७२ कार्तिक २७
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *