बियोगको आँधीबेहरी, चल्छ मुटुभित्र
तर पनि यादको आगो, बल्छ मुटुभित्र
मौसम आफै याद बनी, खुलिरहेको छ
फूल तिम्रै मुहार बोकी, फुलिरहेको छ
जुन, तारा चम्किरन्छ, तिम्रो नयन झैँ
त्यसैले त गाह्रो भयो, भुलिदिनलाई
फूलको धारले रेटेको, पल छ मुटुभित्र
बियोगको आँधीबेहरी, चल्छ मुटुभित्र
आजभोलि देवता पनि, पराय झैँ लाग्छ
आँफैभित्र आफै आज, हराए झैँ लाग्छ
चोइटा चोइटा फाटेको मन, गाँस्ने को होला र?
यस्तो लाग्छ म झैँ रुँदै, बाँच्ने को होला र?
जो पनि घाउमा नून, दल्छ मुटुभित्र
त्यसैमाथि यादको आगो, बल्छ मुटुभित्र
बियोगको आँधीबेहरी, चल्छ मुटुभित्र
तर पनि यादको आगो, बल्छ मुटुभित्र
