Skip to content

न कि कुर्सीको अभिसप्त


आजले नाकाबन्दी भएको २ महिना र मधेसमा आन्दोलन भएको १०० दिन पूरा भइसकेको छ । तर यत्तिबेलासम्म पनि सत्तापक्ष र आन्दोलनरत पक्ष बीच निष्कर्ष सहितको सम्झौता हुन सकेको छैन । एकातिर मधेसी दलहरू सबैको साझा धारणा बनेको छैन भने सत्ताधारीहरूको पनि एकमत भएको छैन । यो पनि जनतालाई अनिर्णयको बन्दी बनाइनुको प्रमुख कारक हो । आन्दोलनरत दल पनि उत्तेजक रुपमा आन्दोलनबाट सबै माग पूरा गराउन तल्लिन देखिएका छन् भने सत्तापक्षहरू पनि मागको सम्बोधन नगरी त्यसै आलटालमा व्यस्त भए झैँ देखिन्छन् । यस नाकाबन्दी सहितको आन्दोलनले बजारभाउ आकास्सिएको छ । काला बजारियाहरूलाई अकुत सम्पत्ति कुम्ल्याउने साधन प्राप्त भएको छ । यस्तोमा यो आन्दोलनमा घुसपैठहरूले आन्दोलनलाई अँझ हिँस्रक बनाई लम्ब्याउन एम्बुलेन्स तोडफोड गर्ने, ड्राइभरहरूको टाउकोमा प्रहार गर्ने, आयात गरिएका औषधीको गाडी नष्ट गरिरहेका छन् । त्यसमाथि भारतले नाकाबन्दी गरेकाले गर्दा बिरामीहरूलाई उपचार गर्न ठूलो सकस भइरहेको अवस्था छ । त्यस्तै प्रहरीले पनि संयमित नभई अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरी आन्दोलनकारीको टाउको ताकीताकी गोली हान्ने, घरकामे माथिल्लो तल्लामा झ्यालमा पनि ताकीताकी गोली हान्नु, उपचाररत घाइते भएको ठाउँमा लाठीचार्ज गर्ने जस्ता अमानवीय कार्य भइरहेका छन् ।

कुनै पनि समस्याको समाधान केवल वार्ता हो, वार्ताको टेबुलमा दुवैपक्ष यथाशीघ्र बसेर हामी सबै नेपालीको सकस मुक्त बनाउनु आजको समयको माग हो । आज मैले यो लेख लेखिरहेको बेला सप्तरीमा प्रहरीले अमानवीय व्यवहार गरी आन्दोलनलाई झन् घाउमा नून खुर्सानी छर्कने काम भएको छ । यो भत्सर्नायुक्त छ । यस्तो लागिरहेछ सरकारले तिमीहरूको कुरा सबै मान्छुभन्दा पनि आन्दोलन चर्किने सम्भावना प्रबल बन्दै गएको छ । यस्तो भूललाई सत्तापक्षले स्वीकार्नु पर्छ । सरकारले भारतले गरेको नाकाबन्दीको सामना गरेको काम सह«ाहनीय हुँदाहुँदै पनि मधेसको कुरा नसुन्नु र आफ्नो ठोस निर्णय निकाल्न नसक्नु निकै बिडमबनापूर्ण छ । आन्दोलनकारीले ३करोड नेपाली नटुक्राउने जायज माग राखेका छन् भने अथवा हिमाल, पहाड, तराइ युक्त नेपाललाई आँच नआउने किसिमबाट देशलाई निकास दिन खोजेका छन् भने सरकारले आफ्नो ठोस धारणा ल्याएर समाधान ल्याउनु पर्छ । अर्कोतर्फ यहाँनिर हाम्रो देशमा आयल निगमले भारतबाहेक अन्यत्रबाट तेल ल्याउन नसक्नुमा भारतीयहरूको आयल निगम माथिको पकड भएर पनि हो । सरकारले यसबारे बुझेर त्यहाँका कर्मचारी तन्त्रलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । नत्र किन २ महिना भइसक्दा पनि चीन, बङ्गलादेश अथवा हवाईबाट इन्धन आउन सकेन यस्ताहरूलाई सरकारले अत्यन्तै कडा कारवाही गर्नसक्नुपर्छ ।

फेरि आन्दोलनकै कुरा गरौँ । जनताले यत्तिबेलासम्म थुप्रै आन्दोलनहरू हेरिसके । सबै आन्दोनहरू फगत कुर्सीमा गएर टुङ्गिएका छन् । जनताहरू सधैँ के के न होला भनी बस्यो अब त यो आन्दोलनबाट केही त होला भन्यो, हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ । यो पनि एउटा जनताको आन्दोलन नेताको काबु बाहिर जानुको प्रमुख कारक हो । यो आन्दोलनको निष्कर्ष पनि कुर्सीका लागि नहोस् । नेपाली जनताको अधिकारका लागि हो भने नेपाली जनताहरूको अधिकार वृद्धिका जायज माग वार्ताबट पूरा होस् न कि कुर्सीको अभिसप्त !

२०७२ मङ्सिर ६
बिजु सुवेदी “विजय
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *