Skip to content


केटा
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाकाँडा छहराको गीतले
ख्याल ठट्टा नगर अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले

केटी
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाखोला छहराको गीतले
अल्झेर बगर भुलेर किनार
नाँच्न गाउन लाग्यो रहर

केटा
कुन संजोग होला कुन दैव होला
भेट भयो बगर
कुन गाउँ होला कुन ठाउँ होला
बस्ने कुन सहर

केटी
कुन संजोग होला कुन दैव होला
भेट भयो बगर
झलमल होला जुन ठाउँ होला
काठमाण्डू शहर

केटा
यो मन उँड्यो जुनतारा छुन
जुनतारा टाढो छ
आकासै बाँध्न सजिलो होला
मन बाँध्न गहारो छ

केटी
यो मन उँड्यो जुनतारा छुन
जुनतारा टाढो छ
मायाले मन बाँधिएपछि
फुकाउन गहारो छ

केटा
सम्झना रहला आजको साँझ
रमाइलो भेटघाट
मनको कुरा नलुकाई भन
दुई बचन हाम्रो साथ

केटी
सम्झना रहला आजको साँझ
रमाइलो भेटघाट
तस्वीर बस्यो मनमा तिम्रो
नभुल्ने जीवनसाथ

शब्द – कुसुम गजमेर
स्वर – नारायण गोपाल, आशा भोसले
संगीत – रनजीत गजमेर
चलचित्र – चिनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *