“सुन्दै सुनिनौ र बुझ्दै बुझिनौ”
दुई हात जोडी बिन्ती गर्दा पनि तिमीले सुन्दै सुनिनौ
गल्ती मेरो हुँदै होइन भन्दा पनि तिमीले बुझ्दै बुझिनौ
तिम्रो HEART BROKEN हुँदा मेरो मनलाई भएन चयन
अझै पनि खोजिरहन्छ तिमीलाई छिन छीनमा यि मेरा नयन
SORRY SORRY भनेर चिच्याउँदा पनि तिमीले सुन्दै सुनिनौ
गल्ती मेरो छंदै छैन भन्दा पनि तिमीले बुझ्दै बुझिनौ
सच्चा के हो झुट्टा के हो तिमीले छुट्याउनै सकिनौ
चिच्याई चिच्याई सुनाउँदा पनि तिमीले सुन्दै सुनिनौ
कति निर्दयि रहिछौ तिमी त मेरो कुरा सुन्नै चाँहीनौ
गल्ती मेरो छँदै छैन भन्दा पनि तिमीले बुझ्दै बुझिनौ
दुई हात जोडी बिन्ती गर्दा पनि तिमीले सुन्दै सुनिनौ
***************
