यतिखेर
रहरहरू दाएर
प्राप्तिमा समस्याका शिखरहरू
स्वागत् गर्दै छौं हामी,
प्रेमको पूर्णाङ्की नाटक
पटाक्षेप भइरहेछन्
क्षणक्षणमा
आकाश गंगा
निचोरेर
विज्ञान आफ्नो बैँस छर्दै
फेसबुकमा इत्तरिँदै छ
ग्लोबल वार्मिङ्को
अम्ल वर्षसँग
अफेयर चलेको धेरै भयो
अग्र्यानिक फुड झैँ
दया, माया र सहानुभूति हराएर
क्रमशः नाभो अन्नमा
रूपान्तरित हुँदैछन्,
यसबेला
मसँग तिमीलाई दिने
उधारो आश्वासन र
बेरूजु शान्त्वनाभन्दा
अरू केही छैन
कृपया हृदयको फाटक खोलेर
भित्र आऊ स्वागत् छ
मनको चौतारीमा बास दिऊँला ।
पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल : मन्थली उमावि, मन्थली
मोबाइल : ९८४४०४४०८३
