Skip to content


यो मात्र एउटा भावना हो वास्तविकता होइन

साउनको उर्लदो भेलसँगै वगिरहेका त्रिसुलिका भेलहरूसँग साएद आज उनको आसुहरू पनि अन्तिम हुन सक्छ यही सोच्दै छिन उनी । त्यसैले अन्तिम यी पलहरूसँगै वर्सिरहेका मेघहरूसँग रुझ्दै उनी सारा आसुहरू वगाउन चाहन्छिन अनि ती आसुहरूसँग सारा चोटहरू । लाग्छ ती मेघका प्रत्येक थोपाहरू आज उनको लागि अन्तिम हुने छन । साच्चै जीवन र मृत्यु विच अल्झिएको त्यो एक पल लाग्छ मृत्यु र जीवन विच मात्र थोरै कदमको दुरि छ आखिर किन त उनी विवश छिन यो निर्णय लिन के उनलाई जीवन प्रति कत्ति पनि मोह छैन आखिर के सोच्दै छिन उनी उनी यानकि आक्रान्ता । सोच्दै छिन के मेरो यो कदम साच्चै सही छ हुन त मेरो मन त्यति काएर त थिएन फेरि किन आज एकचोटि वर्सिरहेका ती मेघहरूसँग जवाफ माग्न चाहन्छिन तर आज उनको आवाज सुन्ने कोही छैन मेघ झन झन वर्सिदैछ अनि त्रिसुलि पनि झन झन उर्लिदैछिन । यस्तो लाग्छ जिन्दगीको एउटा धागो धेरै पर छुटेको छ जसलाई चाहेर पनि अब म समेट्रन सक्दिन हो यात्रात गर्नै छ जिन्दगीको जित नभए पनि । साच्चै जिन्दगीको यो यात्रामा म हारेको छु अब फेरि कैले पनि जीत्न नसक्ने गरी भन्न त भन्छन हिम्मत नहार्नु भनेर तर जब जिन्दगीको योभन्दा अगाडिको यात्रा सोच्छु केवल काडाहरू मात्र देख्छु जुन सपनीहरूको साथ म अगि वढेको थिए ती सपनीहरू अब सधैको लागि म वाट टाढिसके त्यसैले त अवको यो यात्रामा जब आफूलाई एउटा वोझको रुपमा देख्छु अनि आफैसँग प्रश्न गर्न थाल्छु जुन सपनीहरू पुरा भएन जुन कल्पनाको संसारमा तिमी रमायौ आखिर जिन्दगीका यथार्थहरू सुन्यतामा रहेछ । जिन्दगी आज एउटा यस्तो दोभानमा आइपुगेको छ जहा केवल अन्धकार मात्र पाउछु । जिन्दगी केवल वाच्नुमात्र हैन रहेछ तर म मात्र दुई मुठी श्वास फेर्दै आफू यो धर्तीमा जीवित हुनुको प्रमाण दिएर वाचिरहे तर जस्ले मेरो जिन्दगीलाई प्रत्येक पाइलामा साथ दिए उहाहरूको लागि मैले केही पनि गर्न सकिन त्यसैले त वाचेर पनि प्रत्येक दिन म कयौ म्रृत्यृ मरिरहेछु अनि भित्र भित्रै जलिरहेछु । आखिर यो कस्तो जिन्दगी जस्ले आफ्रनो कर्तव्यलाई पुरा गर्न सक्दैन फेरि पनि वाचेको छ जीउदो लास वनेर रु हो समयका छालहरूसँग केवल म वगिरहे तर कहिले पनि म समयको हात समाएर हिड्रन सकिन जिन्दगीका तिता यथार्थहरूलाई ती अवोधपनले कैले पनि स्वीकार्न सकेन । मेरो सोचाइहरूसँग अगि वढ्रन नसक्नु मेरै मनको कमजोर थियो किरुे मैले पनि कोसिस नगरेको त होइन तर अह जब कतै कुनै उज्यालो किरणहरू भेट्रदिन अनि त यी मनहरू अतालिन थाल्छ खोइ किन हो आफैसँग टाढिन खोज्छ तर आफैसँग टाढिएर आखिर जाने ठाउ पनि त कहीं छैन अनि लामो सुस्केरा हाल्छु ती मिठा यादहरूसँग फेरि पनि हास्न खोज्छु अनि फेरि यो वर्तमानसँग झस्कन्छु जहा त्रिसुलिका छालहरूसँग समाप्त हुन लागेका जीवनसँग साएद अब धेरै समए थिएन फेरि एकचोटि सोच्न थाल्छु अब वाकिरहेको केही पलहरूलाई एकछिन भए पनि यो साउने झरिमा रुझ्दै समएका केही पलहरूलाई सम्झिनेछु जुन समय अब फेरि कहिले आउने छैन र त्यो अन्तिम पत्र जुन यस प्रकार थियो ।
प्यारी आमा
यस धर्तीमा अनगिन्ती पीडा सहेर मेरो निम्ति कयौ रातहरू तिमीले जागा बितायौ मेरा प्रत्येक पीडाहरूमा तिम्रा आँखाहरू रसाए मेरा प्रत्येक मुस्कानहरूमा तिम्रा ओठहरू मुस्कुराए मैले हिड्ने प्रत्येक पाइलाहरूमा काडाहरू पन्छाइदियौ फेरि पनि म त्यो फुल वन्न सकिन जस्को तिमीलाई चाहना थियो । जिन्दगीलाई वुझ्न खोज्दा खोज्दै जिन्दगीका प्रत्येक सपनाहरू थाहै नभई मसँग टाढिएछ आज जब जीन्दगिको अन्तिम पलमा जिन्दगीसँग हारेको छु फेरि पनि आमा तिमीलाई चोटै चोट दिएर बिदा हुदैछु यो कस्तो नियति मेरो तिमीलाई कहिले पनि खुसी दिन सकिन । म त यस्तो काडा भए जो मात्र चोटहरू दिन जान्दछ थाहा छ टुटेका सिसाहरूझै टुटेका मेरा सपनीहरू जुन कहिले पुरा भएन हुन त आमा म प्रत्येक पल आफ्ना मनहरूलाई वलियो वनाएर दुनिया सामु आसुहरू झारिन तर भित्रै भित्रै म एक्ले रोहिरहे । खुला आकाससँग कयौ पल्ट आफ्ना सपनीहरू खोजिरहे तर ती सपनीहरू बादलसँगै लुकिदिन्थ्यो घन्टौसम्म ती बादलहरू हट्ने प्रतिक्षामा मेरा नयनहरू आफ्ना सपनीहरूलाई फेरि भेट्ने प्रतिक्षामा व्याकुल हुन्थ्यो चिसो सिरोटोमा तुषारोसँगै घेरिएका मेरा सपनीहरू साच्चै कत्ति प्यारा थिए तर ती सपनीहरू त्रिसुलिका उर्लदो भेलहरूसँगै वगिरहे अनि म किनारामा ती भेलहरूको प्रतिक्षामा वसिरहे । हुन त आमा यो जिन्दगीलाई म धेरै अगि नै समाप्त पार्न चाहन्थे तर तिमीलाई चोट दिन चाहिन तर फेरि आज त्यही चोट तिमीलाई दिदैछु थाहा छ यस्को लागि म तिम्रो माफीको काविल त छैन फेरि पनि तिमी त आमा हौ त्यसैले तिम्रो हृदय विसाल छ मात्र एकचोटि तिमीले मलाई माफि दिन्छयौ भने आसा मैले राखेकि छु । हो जिन्दगीको यात्राहरूमा कयौ पल्ट मेरा पाइलाहरू लरवराएर लड्न खोज्दा आमा तिमीले मलाई सम्भाल्यौ तर आज यो पाइलाहरू कहिले पनि फर्कन चाहदैन तर गोरेटोहरू त्यही छन मात्र आज मेरा पाइलाहरू अन्तै मोडिएका छन । आमा आज अन्तिम चोटि तिमीले भुटिदिएका मकै र भटमास मेरा साथमा छ अनि तिम्रो सुन्दर तस्विर जसलाई म अन्तिम चोटि निहाल्न चाहन्छु । हो मेघ झन झन गर्जदै छ तर त्यो मेघसँग डराएर लुक्ने तिम्रो आचल आज यो किनारमा छैन । आज म एक्लै छु र केही पलहरू पछि सदाको लागि बिदा हुने छु मात्र तिम्रा हृदय भरि चोटहरू दिएर ।

क्रमस

Leave a Reply

Your email address will not be published. Required fields are marked *