सुख छैन जस्तो लाग्छ मेरो बिचार मा
पैसा टिप्न गार्हो छ साउदी कतार मा
.
हामी पनि कमि छैनौ खुसी हुन सिकौ
जे पाईन्छ मनाङ मा छैन बिहार मा
.
टाढा भए के भयो र तिमी साथमै छौ
राखेको छु तिम्रै फोटो दिल् को दिवार मा
.
मान्छे पुगे चन्द्रमा मा हामी कुवामै छौँ
अझै पनि फरक देख्छौ क्षेत्री चमार मा
