१
भाेलिसँग विश्वास गर्नेहरु
भविष्यकालसँगै खेलबाड गर्छन्
जब अड्डा अदालत र सविचालयमा
भोलिको लोली सुन्लान्
अनि मात्र तिनीहरु तिन छक्क पर्छन् ।
२०३४ असार काठमाडौ
२
तिनले क्या मिठो गीत गाइन्
त्यसै गीतबाट तिनले धेरैसँग माया लाइन्
त्यसै गीतबाट कता कता धाइन्
मलाई पनि उनको सारै माया लाग्न थालेकाे छ
उनलाई अब भेटेरै भनौ भनौ लाग्न थालेकाे छ
प्लिज एड मि वान ग्लास वाइन ।
२०३८। वनेपा
३
सधै हरियाे देख्नेका अाँखाहरु
सुकेकाे रुखमा पनि
फूल फुलेकाे देख्छन्
सामन्तिकाे प्रशस्ती लेख्ने बानी परेकाहरु
सामन्तका कुकुरकाे पनि
महाभाष्य लेख्छन् ।
०४०।४।४ झापा
