Skip to content

अँधेरो सरी लाग्दथ्यो जिन्दगानी


अँधेरो सरी लाग्दथ्यो जिन्दगानी
कतै रामछायाँ कतै घामपानी
बिनालाई देखें जसै एक झल्को
रुमानी र चङ्गा भयो जिन्दगानी ।।

म ठान्थें यसै जिन्दगी वैलिएछ
यहाँ भित्र कालो धुवाँ फैलिएछ
विनालाई देखें कुनै एक बिहानी
भुवा झैं हलुङ्गो भयो जिन्दगानी ।।

उज्यालो हरायो हरायो भएझैं
निराशा उदायो उदायो भनेझैं
थियो जिन्दगी यो फरक्कै फिरेछ
विनाको जसै दृष्टि यस्मा परेछ ।।

जसै लाम्चिला ओठ देखेर आएँ
तिनैमा कता हो कता हो हराएँ
भयो भित्रको त्यो निराशा खरानी ।
रुमानी र चङ्गा भयो जिन्दगानी ।।

जसै हेरी उस्ले मलाई लुकेर
बडो सर्मका साथ केही झुकेर
त्यसैले दुपट्टा झर्यो माथि तानी
त्यहीं अल्झिएझैं भयो जिन्दगानी ।।

2016-02-13 02:44:36 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *