पारि त्यो डाँडामा हेर
घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो
तिमी र घुम्न जाऊँ न
अनि घामले मलाई सताउला
काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न
खोला जस्तै बगौं हामी
पिरतीको तालैमा
माछी मारौं जालैमा
हुन्छ कि नाईं हुन्न भन न
अनि जालमा एक्लै पार्छौ कि
अचकल्टोमै पार्छौ कि
सिन्दुर लाउँछौ कि नाइँ भन न
बैगुनी भई माया नमारे नि कहिल्यै हो
निष्ठुरी भई भुली नजानु नि कहिल्यै हो
म पनि केमा कम छु नि
पाखुरीमा दम छ नि
सम्पत्ती कमाइन्छ नि
सुनचाँदीले तिम्लाई भरौंला
सुनचाँदी चाँहिदैन
सम्पत्तीलाई आइँदैन
माया गर्छौ कि नाइँ भन न
शब्द/संगीत – कालीप्रसाद बाँस्कोटा
स्वर – कालीप्रसाद बाँस्कोटा, सोमिया बराइली
चलचित्र – रेशम फिलिली
