साचो बोल्छु भन्ने आज समाजमा झुटो भयो
रोप्दा बिरुवा एसेलुको अगेरीको बुटो भयो
राम्रो हुन खोज्दा यहाँ कुरा काट्ने कति धेरै
हरियो रुख नि चोट खादा सुक्दै आज ठुटो भयो
सक्ने ले पो मनपरी जे जे गरे पनि हुन्छ
मसिरमा धान काटी कात्तिक तिर चुटे भयो
आफ्नो दुनो सोझिए पछि आफन्त नि नचिन्ने लाइ
किन शान्ती चाहियो घरमा दाजुभाइ फुटे भयो
