Skip to content


खै काे छन् शहिद यहाँ साेचेर हेर ।
काे छैनन् शहिद यहाँ साेचेर हेर ।।
एक मजदूर दिनदिनै मालिकवाट शहिद बनाइन्छ यहाँ
एक किसान दिनदिनै व्यापारीवाट शहिद बनाइन्छ यहाँ
एक अवला दिनदिनै साहुवाट शहिद बनाइन्छ यहाँ
एक ज्यामी दिनदिनै ठेकेदारवाट शहिद बनाइन्छ यहाँ
म पनि कति शहिद बनेकाे छु, तिमी पनि कति शहिद बनेका हाेलाउ
खै ? शहिदकाे परिभाषा नजानेर हाे या शहिदकाे मूल्य अनि मान्यता नजानेर हाे
यहाँ छाेटा राजाहरूले पाए तिमीलाइ उचाल्छन्, शहिद वनाउछन्
अनि तिम्राे नाममा अाफ्नाे बलिदानी बेच्छन्
यहाँ देशप्रेमी भनाउदाहरू, तिम्राे काधमा बन्दुककाे भारी वाेकाइ
कथित अन्याय र अत्याचार विरूद्भ महलमा वसी साेमरस संगै
युद्दकाे विगुल फुक्छन् तिमी शहिद हुन्छाै
अनि तिम्राे बलिदानीकाे माला भिरेर चर्काे स्वरमा
तिमी जस्तै उसकाे स्वार्थकाे लागि मर्न तयार
अर्काे शहिदलाइ प्रतिकारमा पठाउछ
अनि
……………….
फेरी अर्काे शहिदकाे जन्म हुन्छ ……

4 thoughts on “शहिद”

  1. समसामयिक कविता मन छोयो।
    समसामयिक कविता मन छोयो।

    1. धन्यवाद रचना मन पराइदिनु
      धन्यवाद रचना मन पराइदिनु भएकाेमा

  2. सोचेर, मिलाएर लेखिएको सुन्दर
    सोचेर, मिलाएर लेखिएको सुन्दर भावना ।

    1. धन्यवाद रचना मन पराइदिनु
      धन्यवाद रचना मन पराइदिनु भएकाेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *