यति चोखो यति मिठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमकथा
मेरो सारा जीवन सबै तिमीलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई
मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई
आँखाभित्र बस्नू तिमी छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चियाउनू
सधैं सधैं तिमी मेरी माया बनी आउनू आउनू
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल
