जन्ति लिएर आउछु जग्गे सजाउनु तिमी
तिम्रो सिउँदो रङ्याउछु जग्गे सजाउनु तिमी
जुनि जुनि सम्म अमर तिम्रो मेरो माया
भन्दै हात समाउछु जग्गे सजाउनु तिमी
ससांरमै सबैभन्दा राम्री तिमी मेरी
तिमीमा नै हराउछू जग्गे सजाउनु तिमी
दुलहिको पहिरनमा सजिएर बस्नु प्रिया
म दौरा लगाउछु जग्गे सजाउनु तिमी
सातफेरो सगैँ सात जन्म नछुटिने भन्दै
कसम खादैँ लजाउछु जग्गे सजाउनु तिमी
डोलिमा बस्यौ तिमी पन्चे बाजा बजाउदै
अब तिमी पाउछु जग्गे सजाउनु तिमी
अनिश्चित यात्री नबिन्द्र ढकाल
