Skip to content

रुन पनि पाइएन, हाँस्न पनि पाइएन

  • by


रुन पनि पाइएन, हाँस्न पनि पाइएन।
रोई-रोई आँसुले मन धुन पनि पाइएन।

तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला,
फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

कतैतिर नलागेर आफूभित्रै बसेपछि,
दोष पनि पाइएन, गुन पनि पाइएन।

खोलाजस्तो बग्छ आँखा, बगरमै बसेको छु,
बालुवा त बग्यो सबै सुन पनि पाइएन।

गीत लेखी पठाएछौ नफर्किने बाचा गरी,
एकान्तमा गाऊँ भने धुन पनि पाइएन।

भौँतारिँदै टाढाटाढा जतिसुकै पुगे पनि,
तर यहाँ ‘मनु’जस्तो हुन पनि पाइएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *