Skip to content

अन्त माया लाको भए,नलुकाऊ भो


अन्त माया लाको भए नलुकाऊ भो तिमीले
मेरो जस्तै दिलहो उस्को नदुखाऊ भो तिमीले

तिमी र म बन्न सक्छौ बरु असल साथी,
चोट पुर्याउन हुन्न कहिल्यै चोखो माया गर्ने माथि

सबलाई दुख्छ काट्यो भने थाहा हुन्छ ढाँट्यै भने
कति रोला उस्को आत्मा तिम्ले छोड्न आट्यौ भने

न म खु:शी न ऊ खु:शी उस्लाई छोडी मलाई रोज्दा
तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा

मायामा नै शंका भए जुनि काट्न गार्हो हुन्छ
खुशी साट्न सजिलो हो दु:ख साट्न सार्हो हुन्छ

तर अरु छैन भने बन्न सक्छौ मेरै
मन पराउँछु म त तिम्लाई माया गर्छु धेरै धेरै

Subash Ghimire

Leave a Reply

Your email address will not be published. Required fields are marked *