सपनीमा मात्र किन सधैभरि आइ रहन्छौ?
बिपनीमा आउ म अंगालोमा बाँध्न चहान्छु
रातको निद्रा खोसी किन सधै सताई रहन्छौ?
बिपनीमा आउ म आँखामा सजाउन चहान्छु
ओ…हो…हो…ड्रिम गर्ल…..ओ माइ ड्रिम गर्ल
कैलेसम्म तड्पाई रहन्छौ यसरि हर पल?
स्वप्निल त्यो दुनियामा हराएर म कति बाँचौं?
तिम्लाई पाउने अभिलाषा अझै म कति साँचौं?
कल्पनाको सागरमा डुबी एक्लै कति म बर्बराऔं?
तिम्लाई पाई खुसिको लैबरी म कहिले नाँचौं?
ओ…हो…हो…ड्रिम गर्ल…..ओ माइ ड्रिम गर्ल
कैलेसम्म तड्पाई रहन्छौ यसरि हर पल?
अब आउ सम्माला धेरै भो यो मन भड्केको
कति सुन्नु मैले मध्ये रातमा यो मुटु धड्केको
न दिनमा भोक लाग्छ न त रातमा निद्रा परेको
थाहा छ? यो तिर्खा होइन प्रेमको प्यास बढेको
ओ…हो…हो…ड्रिम गर्ल…..ओ माइ ड्रिम गर्ल
कैलेसम्म तड्पाई रहन्छौ यसरि हर पल?
