बाँकी अब रहेन केही मरिसक्यो आश,
मायाको यो कुटाइमा भएँ जिउदो लास!
कोमल पुकार गरेकोथे थिएन कुनै सर्त
उस्को दिल्मा मागेकोथे आजीवन बास!
भूल भएछ निष्ठुरीको बुझ्न सकिन मन
जति चोखो माया थमायो उति हुने ह्रास!
माया गर्छु भन्थी आखिर लत्याएर गई
बालुवाको दरबार गरेछु सजाउने दुस्प्रयास,
खरीदबिक्री गर्ने रहेछन पैसासँग प्रेम
आधुनिकताले उजडिएछ मायाको विश्वास!
सन्दीप आचार्य
नवलपरासी नेपाल
